मकवानपुर – मकवानपुर प्रहरीले चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्धामा अदालबाट फैसला भई कैद तथा जरीवाना भुक्तान गर्न बाँकी रहि फरार रहेका ४ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले बैङकिङ कसुर, वन मुद्धा , चेक अनादर र सवारी ज्यान मुद्धाका एक/एक जना फरार प्रतिवादीलाई शनिबार र आईतबार पक्राउ गरेको हो । प्रहरीले उच्च अदालत पाटन हेटौडाको फैसलाले बैङकिङ कसुर मुद्धामा १० दिन कैद र चार लाख १८ हजार दईसय पचास जरिवाना तोकिएका फरार प्रतिवादी मकवानपुरको राक्सिराङ गाउँपालिका–५ की कौशिमाया स्याङतान, जिल्ला अदालत मकवानपुर र उच्च अदालत पाटन हेटौडाको फैसलाले वन मुद्धामा तीन लाख ५७ हजार ६४० जरिवाना तोकिएका फरार प्रतिवादी बकैया–६ बस्ने गंगा लामा, जिल्ला अदालत मकवानपुरको फैसलाले चेक अनादर मुद्धामा दुई हजार जरिवाना तोकिएका फरार प्रतिवादी बकैया–३ बस्ने शिव बाहादुर खुलाल र जिल्ला अदालत चितवनको फैसलाले सवारी ज्यान मुद्धामा दुई हजार जरिवाना तोकिएका फरार प्रतिवादी हेटौंडा–७ बस्ने दशरथ अर्याललाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनिहरुलाई कैद तथा जरिवाना भुक्तानको अदालत पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमाल जानकारी दिनुभयो ।