मकवानपुर– मकवानपुरगढी–७ सुकौरामा रहेको जनता माविमा शुक्रबार अन्तर विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । जनता माविको आयोजना तथा एन एस टेलीभिजनको सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो ।

विद्यालयले अतिरिक्त कृयाकलाप अन्तरगत शुक्रबार कविता प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा कक्षा ५ देखि १० सम्मका १० जना प्रतियोगिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा क्रमश शुसिला लो, सुनिता स्याङ्तान र सुश्रिता थिङ्ग प्रथम, द्धितीय र तृतीय हुँदै नगद ५ हजार, ३ हजार र १५ सय पुरस्कार प्राप्त गरेका छन् ।
७ नम्बर वडा अदक्ष्य सुर्य बहादुर रुम्बाको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगतामा बिजयीहरुलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि हुमागाईले विद्यार्थीलाई पढाईसंगै अतिरिक्र्त कृयाकपालमा विद्यालयले ध्यान दिनुपर्ने बताउनुभएको थियो । गाउँपालिकाले शिक्षामा सुधार ल्याउन विभिन्न कार्यक्रमहरु ल्याएको भन्दै उहाँले यसमा विद्यार्थीलाई प्रत्यक्ष सहभागि गराएर शिक्षाको सुधारमा लाग्न आग्रह समेत गर्नुभयो । विद्यालयको शैक्षिक र गुणस्तर सुधारमा विद्यार्थी, अभिभावक, शिक्षक सबै लाग्नु पर्ने उहाँको भनाई थियो ।