मकवानपुर– मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–७ सुकौरामा नेपाली कांग्रेस परित्याग गरेर २० जना नेकपामा प्रवेश गरेका छन् । शुक्रबार नेपाल कम्युनिष्ट पाट्र (नेकपा) ७ नम्बर वडा कमिटिको सपथग्रहण कार्यक्रमका अवसरमा नेपाली कांग्रेस परित्याग गरि उनिहरु नेकपामा प्रवेश गरेका हुन् ।

नेकपा मकवानपुर जिल्ला सह–ईन्चार्ज एवम् ३ नम्बर प्रदेश सभा सदस्य कुमारी मोक्तानले वडा कमिटि सदस्यहरुलाई सफथ गराउनुका साथै नवप्रवेशीलाई स्वागत गर्नुभएको थियो । ७ नम्बर वडा कमिटिका अध्यक्ष प्रकाश योञ्जनको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपाका मकवानपुरका सचिव प्रेम बहादुर पुलामी, मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाई, नेकपा जिल्ला सचिवालय सदस्य मान कुमारी पाख्रिन, बिष्णु दाहाल, गाउँ कमिटि अध्यक्ष रामजी सापकोटा, सचिव राजकुमार खड्कालगायतको सहभागिता थियो ।