मकवानपुर । जिल्ला समन्वय समिती मकवानपुरले मंगलबार समसामयिक बिषयमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण गराएको छ । जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित बहादुर घलानको नेतृत्वमा गएको टोलिले समान्य प्रशासन मन्त्री अमन लाल मोदिलाइ भेटेर स्थानीयतहको बिकास निर्माणमा परेको समस्या र जिल्ला समन्वय समितिको प्रभावकारी भुमिका बारे ध्यानाकर्षण गराएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मोदीसंग भेटमा टोलिले गृहमन्त्रालयले देशभरका अबैध क्रसरहरु बन्द गराउदा स्थानीय तहमा बिकास निर्माणमा असर परेको, जिल्ला समन्वय समितिको भुमिका थप प्रभावकारी बनाउनु पर्नेलगायत बिषयमा ध्यानाकर्षण गराइएको प्रमुख घलानले बताउनुभयो । ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री मोदिले क्रसरको बिषय चाडैं नै समाधान हुने साथै जिससलाइ प्रभावकारी बनाउनेमा आफू सकारात्मक रहेको बताउनु भएको उहाँले जानकारी दिनु भयो । यस अघि सोमबार स्थानीय तहका प्रमुख/उपप्रमुख सहित बसेको नदिजन्य तथा खानीजन्य जिल्ला अनुगमन समितिको बैठकले यस बिषयमा सम्बन्धीत निकाएमा ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । ध्यानाकर्षण बुझाउने टोलिमा प्रमुख घलानसंगै उपप्रमुख सानुकाजी लुइँटेल, सदस्य तारा ढुंगानालगायतको सहभागिता थियो ।