हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ मा एमालेका तर्फबाट उम्मेदवार बन्नु भएका महेश कुमार बर्तौलाले आफुले जितेमा युवाहरुलाई सधैभरी सामान्य रोजगारीका लागि पनि खाडीका मुलुकमा जाने भन्दा पनि अब स्थानीय स्तरमानै स्वरोजगार बनाउने वताउनु भएको छ । आज मकवानपुरको पस्चिमी क्षेत्रका बिभीन्न वडामा आयोजित चुनावी सभालाई संबोधन गर्दै उहाँले स्थानीय स्तरमा बिभीन्न स्वरोजगार मुलक कार्यक्रम ल्याएर रोजगारीको श्रीजना गर्ने वताउनुभयो ।

एमालेका उम्मेदवार बर्तौलाले आज मनहरी गाउँपालिका वडा नम्बर–३ हाडीखोला, वडा नम्बर–९ ज्यामिरे, राक्सिराङ गाउँपालिका वडा नम्बर–१, २, ३ र ५ मा आयोजित सभामा बोल्दै उहाँले स्थानीय स्तरमा परेका शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुलीको सधैको समस्या समाधान गर्ने वताउनुभयो । यसैगरी मनहरी गाउँपालिका क्षेत्रमा आरक्षको समस्या कानून संशोधन गरेर सधैका लागि हल गर्नुपर्ने वताउनुभयो । यस क्षेत्रमा सडक पूर्वाधारको समस्याका कारण सदरमुकाम आउन र जानका लागि समस्या हुन नदिने वताउनुभयो ।

मनहरी गाउँपालिकावासीहरुलाई वषौअघिदेखि आरक्षको समस्या भएकाले यो समस्या सधैका लागि अन्त्य गर्नका लागि आफु संसदमा गएर कानूनको संशोधन गर्न पहल गर्ने क्षेत्र नम्बर–२ का उम्मेदवार बर्तौलाले वताउनुभयो । यस क्षेत्रमा राप्ती खोला र मनहरी खोलाका कारण स्थानीय वासिन्दाहरुको वषौंदेखिको समस्या सधैका लागि समाधान गर्ने उहाँले वताउनुभयो ।