हेटौँडा – नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन पुस २३ र २४ गते हेटौँडामा हुने भएको छ । एमाले मकवानपुरको आज बसेको सचिवालय बैठकले पुस २३ र २४ गते जिल्ला अधिवेशन हेटौँडामा गर्ने निर्णय गरेको हो ।
अधिवेशन तयारीको लागि पुस ७ गते हेटौँडामा जिल्ला कमिटिको बैठक बस्ने र सो बैठकले अधिवेशनको विभिन्न तयारी समितिहरु निर्माण गर्ने एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठले बताउनुभयाे । बैठकमा मकवानपुरका स्थानीय तहको वडा स्तरबाट करिब १ हजार प्रतिनिधिहरु हुने अनुमान गरिएको श्रेष्ठको भनाई रहेको छ । यस्तै बैठकले नेकपा माओवादी केन्द्रबाट केहि समय अघि एमाले प्रवेश गरेका बलराम बललाई एमालेको बागमती प्रदेश सदस्यको लागि सिफारिस गर्ने निर्णय गरेकाे छ । माओवादीका परिवर्तनको कुनैपनि अजेण्डा नभएको, त्यहा अनुशासन र विधि पद्धति नभएको भन्दै बल केहि दिन अघि एमाले प्रवेश गर्नु भएकाे थियाे । यस्तै बैठकले नरेन्द्र रिजाल, नारायण बल तथा संजिव बल लाई एमाले जिल्ला सदस्यमा मनोनित गरिएको छ । बलराम बलसहित उहाँहरू पनि नेकपा माओवादी केन्द्रबाट केहि समयअघिमात्र एमालेमा प्रवेश गर्नु भएकाे हाे ।