निशा गुरूङ/हेटौंडा– मकवानपुरको पर्यटकीय नगर थाहा नगरपालिका वडा नम्बर–११ टिष्टुङ्मा खुकुरी ढुंगाको निर्माण कार्य सम्पन्न भएको छ । खुकुरी आकारको सो ढुंगाका कारण उक्त क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने विश्वास लिईएको छ । उक्त खुकुरी ढुगां थाहा नगरकै गौरवको रुपमा स्थापित गरिएको स्थानीय जनप्रतिनिधीहरुको भनाई छ ।
वडा नम्बर ११ टिस्टुङ् थाहा नगरपालिकाकै विकट वडा भएको र पर्यटकिय विकासको क्षेत्रमा ओझेलमा परेको ठाँउ भएको भन्दै खुकुरी ढुंगाका कारण पर्यटकहरु आकर्षित हुने सोच वनाएको थाहा नगरपालिकाका मेयर लबशेर विष्ट बताउनुहुन्छ ।
करिव १० फिट अग्लो ढुंगामा कुदिएको उक्त खुकुरी पर्यटकाकालागि घुम्ने स्थान बन्न सक्ने ११ नम्बर वडा अध्यक्ष किरण मान बलले वताउनुभयो । खुकुरी ढुंगाको निर्माण तारा खोला पार्क निर्माण अन्र्तगत वडाबाट ५ लाख बजेट विनियोजन गरेर सम्पन्न गरिएको अध्यक्ष बलले बताउनुभयो । उक्त क्षेत्रमा खुकुरी ढुंगा मात्रै नभएर नर्वे ढुंगा, मकवानपुरकै पहिलो चिया बगैचा समेत रहेको उहाँले जानकारी दिनुभयो । अहिले खुकुरी ढुंगा हेर्न आउनेको घुईचो लाग्ने गरेको र छोटो समयमै एक हजार बढीले ढुंगाको अवलोकन गरिसकेको वडा अध्यक्ष बलले बताउनुभयो ।
खुकुरी भन्ने बित्तिकै नेपालीको सान, ईज्जत भएको अध्यक्ष बलले वताउनुभयो । विर गोर्खालीले खुकुरीको साहारामा देशलाई जोगाउन सफल भएको खुकुरीकै वलमा नेपाललको एकीकरण भएकोले खुकुरी थाहा नगरकै गौरवको रुपमा स्थापित हुने उहाँको भनाई छ । यस्तै उक्त खुकरी नजिकै तामाङ् डम्फु माथी चरा नाचिरहेको चित्र र नेपाल तामाङ् घेदुङ् संघ मकवानपुरका संस्थापक अध्यक्ष अष्टमान बललको ३ फिटको अर्धकदको मुर्ती पनि कुदिएको अध्यक्ष बलले जानकारी दिनुभयो ।