इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी टोटेनह्यामसँग पराजित भएको छ ।गएराति भएको खेलमा सिटी टोटेनह्यामसँग १–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा टोटेनह्यामका ह्युङ मिन सनले खेलको ५५ औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । यस्तै, गएराति नै भएको अर्को खेलमा वेष्ट ह्यामले विजयी सुरुवात गरेको छ । न्युक्यासललाई ४–२ गोल अन्तरले पराजित गर्दै वेष्टह्यामले विजयी सुरुवात गरेको हो । जितसँगै वेष्टह्यामले महत्त्वपूर्ण तीन अङ्क जाेडेको छ ।