प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटवार्ता भएकाे हाे ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द्र आचार्यले समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको बताउनुभयाे । भेटवार्तामा संसदलाई प्रभावकारी बनाउने, प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलगायतको विषयमा छलफल भएको उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘प्रधानमन्त्री र विपक्षी दलका नेताबीच छलफल हुनु सामान्य हो । सौहार्दपूर्ण रुपमा भएको भेटवार्तालाई आगामी दिनमा पनि जारी राख्ने सहमति भएको छ ।’