मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिनु भएको छ । काफ्लेले संसदीय दलका नेता बहादुरसिंह लामा समक्ष राजीनामा पेश गर्नु भएको हो ।
लामा निकट मानिएका काफ्लेले सामाजिक सञ्जालमा दलका नेता समक्ष राजीनामा दिएको तस्बिर राख्दै प्रमुख सचेतकको भूमिकाले पार्टी संगठनको काममा समय दिन नसकेको जसको कारण दोलखेली जनसेवामा समय अभाव महशुस भएको उल्लेख गर्नु भएको छ ।
उहाँले कांग्रेस केन्द्रीय सदस्यको रूपमा रहेको र दोलखाको जनताको सेवामा थप समर्पित हुनको लागि प्रमुख सचेतकबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ । तर उहाँले दलको नेता लामासँग पछिल्लो समयमा भएको खटपटका कारण राजीनामा दिनु भएको कांग्रेस निकट स्रोतले बताएको छ । कांग्रेस बागमती प्रदेशको मन्त्रीको दाबी गर्नु भएका काफ्लेले मन्त्री पद नपाएपछि लामासँगको सम्बन्ध चिसिएको थिथाे ।
लामालाई संसदीय दलको नेता बनाउन ‘ग्राउण्ड’मै खटेका काफ्लेलाई लामाले वास्ता नगरेपछि रुष्ट बनेको र राजीनामा दिएको काफ्ले निकट श्रोतले बताएको छ । भने, काफ्लेले समितिको सभापति बन्नका लागि राजिनामा दिनु भएको अर्का एक कांग्रेस निकट स्रोतले बताएको छ ।