मकवानपुर – राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा कमिटीको अध्यक्षमा बिबेक दाहाल सर्वसम्मत चयन हुनुभएको छ । राष्ट्रिय युवा संघ नेपालको शनिबार भएको बृहत युवा भेलाले दाहालको नेतृत्वमा ५१ सदस्य नयाँ कमिटी चयन गरेको हो ।

नवगठित कमिटीको उपाध्यक्षमा सुदर्शन भट्टराई, सचिवमा विशाल अधिकारी, सहसचिवमा सुनिल दर्लामी र कोषध्यक्षमा सजना मल्ल सर्वसम्मत चयन हुनुभएको छ । नव गठित कमिटीलाई युवा संघका स्थाई कमिटी सदस्य सन्तोष चौलागाईले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

युवा संघ नेपाल ९ नम्बर वडा कमिटी अध्यक्ष शम्भु प्रसाद गुप्ताको अध्यक्षता एवम् बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका प्रदेश सह ईन्चर्ज डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश संगठन विभाग प्रमुख अनन्त पौडेल, एमाले प्रदेश समिति सदस्य रामचन्द्र राई, रघुनाथ खुलाल, जिल्ला अध्यक्ष एकलाल श्रेष्ठलगायतको आतिथ्यता थियो । कार्यक्रममा प्रमुख अतिथि पौडेलले युवाहरुलाई ससक्त रुपमा अगाडी बढ्न निर्देशन दिनुभयो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करीब ५० जना नेकपा एमालेमा प्रवेश गरेका थिए ।