हेटौँडा । राष्ट्रिय युवा संघ नेपाल बागमती गाउँपालिका कमिटिको सपथग्रहण कार्यक्रम समपन्न भएको छ । आइतबार युवा संघको भेलाले दिल कृष्ण संजेलको संयोजकत्वमा रहेको ७१ सदस्यीय युवा संघ बागमती गाउँपालिकाको सपथग्रहण सम्पन्न भएको हो ।

No description available.

भेलाले सचिवमा दिलकृष्ण राईलाई चयन गरेको छ भने प्रत्येक वडामा वडा कमिटि समेत निर्माण गरेको छ । वडा कमिटिको पनि आजै सपथग्रहण भएको हो । कार्यक्रममा एमालेका बामगती प्रदेशका संगठन विभाग प्रमुख अनन्तप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले एमालेविना देश विकास असंभव रहेको बताए । एमालेनै देश विकासको अभियान्ता रहेको भन्दै केपी शर्मा ओलीको प्रधानमन्त्रीकालमा देशले विकासको दृष्टिकोणमा उल्लेख्य प्रगती हाँसिल गरेको बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३५ जना युवाहरु एमालेमा प्रवेश गरेका थिए । कार्यक्रममा एमाले मकवानपुरका नेताहरु अणराज जर्गामगर,जयबहादुर राई, हिदम लामा, खेमराज जर्गा,राजकुमार तिमल्सिना, मंगल रखाल, धरम लामा, नरेन्द्र भण्डारी लक्ष्मण उप्रेती लगाएतको आतिथ्यता रहेको थियो ।