मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले संविधान कार्न्वयन गर्ने राजनैतिक नेतृत्वले आफैंलाइ समीक्षा गर्नु पर्ने बताउनुभएकाे छ । बागमती प्रदेश सरकारको आयोजनामा शनिबार प्रदेश राजधानी हेटौंडामा आयोजित संविधान दिवशका अवसरमा स्वागत मन्तव्य राख्नुहुँदै प्रमुख खुलालले संविधानको मर्म र भावना अनुसार मुलुकको समुद्धिका लागि संविधानको कार्यान्वयन गर्ने राजनैतिक नेतृत्वले आफैंलाइ समिक्षा गर्न जरूरी रहेकाे बताउनुभएको हो ।

प्रमुख खुलालले संविधान कार्यान्वयनका लागि तीन तहका सरकारबीचमा समन्वय र सहकार्य हुनु पर्ने भन्दै कतिपय अबस्तामा समन्वय र सहजिकरण हुन नसकेको बताउनुभयो । संविधान जारी भएको ६ वर्ष पूरा भएको भन्दै संविधानका मुख्य चार विशिष्टता गणतन्त्र, लोकतन्त्र, संघीयता र समानुपातिक समावेशी चरित्रलाई व्यवहारमा लागू गर्न परेका कठिनाइको परिक्षण गर्नुपर्ने वेला भइसकेको बताउनुभयो ।

धेरै नेपालीको सपना साकार पार्ने अपेक्षाका साथ जारी गरिएको संविधानको कार्यान्वयन कुन दिशामा गयो ? हाम्रा अपेक्षाहरु पूरा भए कि भएनन् ? यसमा समस्या छन् कि छैनन् ? निराकरणका लागि समीक्षा गरेमा मात्रै संविधान दिवस मनाउनुको सार्थकता सिद्ध हुने उहाँको भनाई थियो । संविधानको औचित्य त्यसमा के लेखिएको छ भनेर होइन, त्यसको अवलम्बन गरियो कि गरिएन भन्ने विषय महत्वपूर्ण रहेकाे भन्दै उहाँले समिक्षा गरेर अगाडी बढ्नुपर्ने बताउनुभयाे ।

बागमती प्रदेशका मुख्यमन्त्री एवम् संविधान दिवश मुल समारोह समितिका संयोजक अष्टलक्ष्मी शाक्यको सभाध्यक्षतामा भएको कार्यक्रमममा प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आथितथ्यता थियो । कार्यक्रममा संविधान दिवशका अवसरमा आयाजित विभिन्न प्रतियोगितामा बिजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।