मकवानपुर– मकवानपुर जिल्लाको आर्थिक वर्ष २०७७÷०७८ को जिल्ला स्तरीय वार्षिक समिक्षा बैठक आईतबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको सभाध्यक्षता एवम् बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा समिक्षा कार्यक्रम भएको हो ।

कार्यक्रममा बागमती प्रदेशका निर्वतमान मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका प्रमुख सचिब किरणराज शर्मा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रतिनिधिसभा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, बागमती प्रदेश सभा सदस्य मुनु सिग्देल, मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख, प्रमुख जिल्ला समन्वय अधिकारी आनन्दराज पोख्रेल, १० वटै पालिकाका प्रमुख प्रशासकिय अधिकृत, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता थियो । जिल्ला समिक्षामा विभिन्न जिल्लाका १० वटै स्थानीय तह एवम् जिल्ला स्थित सरकारी कार्यालयहरुले आर्थक वर्ष २०७७÷०७८ मा सम्पन्न गरेका कार्यक्रमहरुको प्रस्तुति गरेका थिए ।
तस्विरहरु