मकवानपुर– बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुलुकको समृद्धिका लागि तीनै तहका सरकारबीचमा समन्वय र सहकार्य जरुरी रहेको बताउनुभएको छ । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको समीक्षा बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री शाक्यले तिनै तहका सरकार बीच समन्वय नहुँदा लक्ष्य अनुसारको विकास निर्माणको कामले गति दिन नसकेको बताउनुभयो ।

मुख्यमन्त्री शाक्यले संविधानमा नै तीन तहका सरकारको अधिकार तोकिएको भए पनि सो लागू हुन नसक्दा जनभावना अनुकुलका काम र स्थायित्व हुन नसकेको गुनासो गर्नुभयो । तिनै तहका सरकार बीच समन्वय नहुँदा लक्ष्य अनुसारको विकास निर्माणको कामले गति दिन नसकेको उहाँको भनाई थियो । व्यवस्था परिवर्तनसँगै नयाँ अभ्यास गरिरहेको प्रदेश र स्थानीय तहहरुले संघीय सरकारले सही नेतृत्व र दिशा दिन नसकेको मुख्यमन्त्री शाक्यको भनाई थियो । राजनीतिक अस्थिरतालाई हटाउन तीनै तहका सरकारले संविधानको व्यवस्था अनुसार जनताको बलिदानबाट प्राप्त व्यवस्थालाई जोगाउनु पर्ने बताउनुभयो । तीनै तहको सरकारले भौतिक पूर्वाधारलाई नै विकास ठानेर बार्षिक बजेटलाई त्यसतर्फ केन्द्रीत गर्न नहुने उल्लेख गर्नुभयो । सबै क्षेत्रको समान विकास र विस्तार हुनु पर्ने भन्दै उहाँले बजेटलाई सही तरिकाले क्षेत्रगत रुपमा विनियोजन गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री शाक्यले देशमा हालसम्म पनि राजनीतिक अस्थिरता कायम रहेको समेत बताउनुभयो । देशमा भएको विभिन्न चरणको जनक्रान्तिले व्यवस्था परिवर्तन गरेपनि राजनीतिक अवस्था र अस्थिरतालाई परिवर्तन गर्न नसकेको उल्लेख गर्नुभयो । वर्तमान अवस्थामा राजनीतिज्ञहरुले जनताका अपेक्षा बुझ्न नसकेकाले दैनिक रुपमा सरकार परिवर्तनको खेल भइरहेको उहाँको भनाई थियो । जननिर्वाचित बहुमतको सरकारलाई पनि राजनीतिज्ञहरुले स्वार्थ पूर्तिका लागि प्रयोग गर्दा देशमा अस्थिरता कायम रहेको उहाँको थियो । शाक्यले व्यवस्था परिवर्तनसँगै नयाँ अभ्यास गरिरहेको प्रदेश र स्थानीय तहहरुले संघीय सरकारले सही नेतृत्व र दिशा दिन नसकेको भन्दै उहाँले राजनीतिक अस्थिरतालाई हटाउन तीनै तहका सरकारले संविधानको व्यवस्था अनुसार जनताको बलिदानबाट प्राप्त व्यवस्थालाई जोगाउनु पर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको सभाध्यक्षता भएको कार्यक्रममा बागमती प्रदेशका निर्वतमान मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका प्रमुख सचिब किरणराज शर्मा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रतिनिधिसभा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, बागमती प्रदेश सभा सदस्य मुनु सिग्देल, मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख, प्रमुख जिल्ला समन्वय अधिकारी आनन्दराज पोख्रेल, १० वटै पालिकाका प्रमुख प्रशासकिय अधिकृत, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता थियो । जिल्ला समिक्षामा विभिन्न जिल्लाका १० वटै स्थानीय तह एवम् जिल्ला स्थित सरकारी कार्यालयहरुले आर्थक वर्ष २०७७÷०७८ मा सम्पन्न गरेका कार्यक्रमहरुको प्रस्तुति गरेका थिए ।