काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संसद्मा टेबल भएको अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले एमसीसीको विपक्षीमा उभिनका लागि वातावरण तयार गर्ने र आफ्नो पार्टीले विपक्षमा मतदान गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । प्रवक्ता खतिवडाले पाँच दलीय गठबन्धनमा एमसीसीका कारण दरार नआउने जनाउँदै नेपाली काँग्रेसलाई समेत एमसीसीका विपक्षमा मतदान गर्न अनुरोध गर्ने बताउनुभयो ।











