मकवानपुर – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मकवानपुर जिल्लामा कुल २६ जना उम्मेदवार मैदानमा उत्रेका छन् । जिल्लाको दुइ वटा प्रतिनिधी सभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा २३ जना राजनैतिक दलका र ३ जना स्वतन्त्र गरि कुल २६ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा उत्रेका छन् । कुल ३ लाख ७३३ मतदाता रहेको जिल्लामा २६ जना उम्मेदवार चुनावी स्पर्धामा रहेका छन् ।
जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १४ वटा राजनीतिक दलका १४ जना २ जना स्वतन्त्र गरी कुल १६ जना उम्मेदवार रहेका छन् । जसमा १ जना महिला र १५ जना पुरुष उम्मेदवार रहेका छन् । यस्तै क्षेत्र नम्बर २ मा यस क्षेत्रमा ९ वटा राजनीतिक दलका ९ जना उम्मेदवार रहेका छन् भने स्वतन्त्र १ जना गरी कुल १० जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका छन् ।
कुल ३ लाख ७ सय ३३ जना मतदाता रहेको मकवानपुर क्षेत्र नम्बर–१ मा कुल मतदाता १ लाख ५० हजार १ सय ५५ जना रहेका छन् । जस मध्ये पुरुष ७४ हजार ९३० जना र महिला ७५ हजार २२१ जना रहेका छन् । यस क्षेत्रमा अन्य ४ जना मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा ६२ वटा मतदान स्थलमा १७२ वटा मतदान केन्द्र रहेको छ । यस्तै मकवानपुर क्षेत्र नम्बर–२ मा कुल १ लाख ५० हजार ५७८ जना मतदाता रहेका छन् । जसमा पुरुष ७८ हजार ५९८ र महिला मतदाता ७१ हजार ९७९ जना रहेका छन् । यस क्षेत्रमा अन्य १ जना मतदाता छन् । यस क्षेत्रमा १०५ वटा मतदान स्थलमा १९२ वटा मतदान केन्द्र रहेका छन् ।
त्यस्तै प्रदेश सभा तर्फ मकवानपुर क्षेत्र नम्बर १ को (क) मा ७७ हजार ९८९ जना मतदाता रहेकोमा पुरुष ४० हजार १११ र महिला ३७ हजार ८७७ जना रहेका छन् । भने, अन्य १ जना छन् । क्षेत्र नम्बर–१ को (ख) मा कुल मतदाता ७२ हजार १६६ जना रहेका छन् । जसमा पुरुष ३४ हजार ८१९ र महिला ३७ हजार ३४४ जना रहेका छन् । भने, अन्य ३ जना छन् । क्षेत्र नम्बर–१ को प्रदेशसभा (क) मा पुरुष मतदाता वढी रहेका छन् । भने, प्रदेश (ख) मा महिला बढी मतदाता रहेको छ ।
त्यस्तै मकवानपुर क्षेत्र नम्बर–२ को (क) मा कुल ८३ हजार ९९मतदाता मध्ये पुरुष ४२ हजार ८४३ र महिला ४० हजार २५५ र अन्य १ मतदाता रहेका छन् । यस्तै क्षेत्र नम्बर–२ को (ख) मा कुल मतदाता ६७ हजार ४ सय ७९ जना मध्य पुरुष ३५ हजार ७५५ र महिला ३१ हजार ७२४ जना रहेका छन् । क्षेत्र नम्बर–२ को दुवै प्रदेशसभा क्षेत्रमा पुरुष मतदाता बढी रहेको छ ।