सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ । आज सुनको भाउ ९० हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो एक हजार रुपैयाँ बढेर सुन ९० हजार ७ सय रुपैयाँमा पुगेको थियो । चाँदीको भाउ आज ५ रुपैयाँले घटेर तोलाको १२ सय रुपैयाँ तोकिएको छ ।