हेटौंडा– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले आइतबार बागमती प्रदेशका प्रमुख सचिव डा मुकुन्द प्रसाद पौड्यालको विदाई गरेको छ । उमेर हदका कारण अवकास हुनुभई जान लाग्नु भएका सचिव पौड्याललाई आइतबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर समन्वय समिति परिवारले विदाई गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले उहाँलाई मायाको चिनो सहित विदाई गर्नुहुँदै सरकारी सेवामा रहेर पु¥याउनु भएको योगदानका लागि धन्यवाद व्यक्त गर्नुभयो । प्रमुख खुलालले प्रमुख सचिव पौड्यालको कार्य कुशलताको प्रशंसा गर्दै सरकारी जागिरबाट अवकास भएपनि बाँकी जिवन कृयाशिल रहोस भन्ने कामना समेत गर्नुभयो । प्रदेश सचिवका रुपमा काम गर्दा जिल्ला समन्वय समितिलाई गर्नुभएको सहयोगको लागि समेत उहाँले धन्यवाद दिनुभएको थियो ।

सो अवसरमा सचिव पौड्यालले आफुले प्रदेश रकार सफल हुने गरि काम गरेको बताउनुभयो । जिल्ला समन्वय समितिले गरेका कामहरुको समेत प्रशंसा गर्नुहुँदै जागिरको सिलसिलामा भोगेका भोगाईहरुलाई आगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो । प्रमुख सचिव पौड्याल उमेर हदका कारण यहि श्रावण २६ गतेबाट अवकास प्राप्त गर्दै हुनुहुन्छ । विदाई कार्यक्रममा जिससका शाखा अधिकृत भीमलाल महर्जन, नायब सुब्बा उपेन्द्रनाथ पोखरेल, प्रमुख खुलालका स्वकीय सचिव आशाकाजी श्रेष्ठ, खरिदार विश्वास रानालगायतको सहभागिता थियो ।