मकवानपुर–जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले आईतबार थाहा नगरपालिकालाई राहत सामग्री उपलब्ध गराएको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले थाहा नगरपालिकाका मेयर लबशेर बिष्टलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।
जिसस प्रमुख खुलालले मेयर बिष्टलाई १ हजार २५० केजी चामल, ७५ केजी दाल, एकसय प्याकेट नुन र १०८ पिस साबुन हस्तान्तरण गर्नुभएको हो । कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने तथा लकडाउनका कारण प्रभावित नागरिकलाई वितरण गर्न अन्य स्थानीय तहलाई जस्तै जिससलाई प्राप्त राहत सामग्रीबाट थाहा नगरपालिकालाई पनि प्रदान गरिएको प्रमुख खुलालले जानकारी दिनुभयो । जिससलाई उद्योग परिसंघ बागमती प्रदेश र उद्योग संघ मकवानपुरले उपलब्ध गराएको राहत सामग्रीबाट थाहा नगरपालिकालाई राहत उपलब्ध गराइएको उहाँले बताउनुभएको छ ।