सांकेतिक तस्विर

मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगलबाट फैलिएको आगोले एक घरमा आगलागी भएको छ । राक्सिराङ–५ ढाडेमा घर नजिकै जंगलमा लागेको आगो हावाहुरीले उडाएर खरको छानोमा सल्किएर आगलागी भएको हो । आगलागीबाट स्थानीय समीर प्रजाको घर, काठपात, लत्ताकपडा, खाद्यान्न लगायत गरि ५ लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी चौकी चैनपुर र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।