आज देशभर २ हजार १ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ५ सय ३० नमूनाको पिसिआर परिक्षण गर्दा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ८७ नमूनाको एन्टीजेन परिक्षण गर्दा ८ सय १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमण दरका आधारमा बाग्मती प्रदेशका काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर सहित चितवन, मकवानपुर, प्रदेश नं १ को झापा, मोरङ, सुनसरी र गण्डकी प्रदेशको कास्की जिल्ला रेड जोनमा रहेका छन् । आज १ हजार ४ सय ३२ जना कोरोना संक्रमित निको भएका छन् । तथ्यांक अनुसार हालसम्म ९४ दशमलव ५ प्रतिशत संक्रमित निको भइसकेका छन् । यस्तै कोरोना सङ्क्रमणका कारण आज थप २२ जनाको मृत्यु भएको छ । यो सँगै सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार ३ सय ६२ पुगेको छ ।