मकवानपुर– मकवानपुरको वागमती गाउँपालिका–८ स्थित जनता माविको खेलकुद मैदानमा शनिवारबाट सुरु भएको तेस्रो बागमती गोलकपको उदघाटन खेलमा आयोजक बागमती गाउँपालिकाले विजयी सुरुवात गरेको छ । उदघाटन खेलमा सर्लाहीको बागमती नगरपालिकालाई १–० गोल अन्तरले प।ाजित गर्दै आयोजक बागमती गाउँपालिकाले विजयी सुरुवात गरेको हो ।
बागमती गाउँपालिकालाई जिताउन खेलको पहिलो हाफको १० मिनेटमा जर्सी नम्बर १८ का बाबुराम माझीले गरेको गोल नै निर्णय कबनेको थियो । बागमती नगरपालिकले गोल फर्काउन थुप्रै अवसर गुमाउदा पराजय भोग्न बाध्य भएको हो । प्रतियोगितामा भोली आइतबारको खेल डाँफे युवा क्लब र नव जागृति युवा क्लब बिच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, संकटा युथ क्लब, हिमालयन शेर्पा, च्यासल युथ क्लब र साविक विजेता सरस्वती युवा क्लबलगायत मोफसलका न्यू डाँफे युवा क्लब, सिमराको नव जनजागृती, सर्लाहीको बागमती युवा क्लब, बीरगञ्ज यूनाइटेड र आयोजक टिम गरि राष्ट्रियस्तरका १० टिमको सहभागिता रहेको छ । फाल्गुन १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ६ लाख र उपविजेतले ३ लाख नगद सहित नगद, शिल्ड र मेडल पाउने छ । भने सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । गोल्डकपको शनिबार शनिबार एक समारोह बीच गृह मन्त्रि राम बहादुर थापा (बादल) ले उदघाटन गर्नुभएको थियो ।