सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानमा १९ जना रहेकोमा १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ । विमानका क्याप्टेन मनिषरत्न शाक्यलाई जिवितै उद्दार गरिएको छ ।

बिहान ११ बजे काठमाडौंबाट मर्मतका लागि पोखरातर्फ उड्ने बित्तिकै विमान धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको थियो । जहाज पूर्णरुपमा क्षतविक्षत भएको छ ।

विमानका क्याप्टेन मनिषरत्न शाक्य र सहक्याप्टेन एस कटुवाल छन् । त्यसैगरी, विमानमा रहेका अन्य १७ जना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । विमानमा अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, अस्विन निरौला, सुदीपराज जोशी, सर्वेस मरासिनी, श्याम विन्दूकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा र अधिराज शर्मा छन् ।

त्यसैगरी उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र विदेशी नागरिक अरिफ रेडा छन् । यी सबै सौर्य एयरलाइन्सका कर्मचारी हुन् ।