हेटौंडा– बागमती प्रदेश स्तरीय फुटबल लिग –२०७७ मा मकवानपुरको डाँफे युवा क्लबले विजयी सुरुवात गरेको छ । नुवाकोट जिल्लामा जारी प्रतियोगितामा मकवानपुरले काभ्रेलाई पराजित गर्दै विजयी सुरूवात गरेकाे हाे ।
आइतबार भएको खेलमा मकवानपुरको जिल्ला लिग विजेता डाँफे युवा क्लबले काभ्रेको जिल्लाको लिग विजेता आकाश भैरव क्लबलाई एकका बिरुद्ध तीन गोल अन्तरले पराजित गरेको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले जानकारी दिनुभयाे । प्रतियोगितामा मकवानपुरका समीर राज थोकरले २ तथा राजन स्याङ्तानले १ गोल गरेका थिए । आजको खेलमा म्यान अफ द म्याच मकवानपुरका तर्फबाट दुई गोल गर्ने थोकर घाेषित भएका छन । मकवानपुरले समूह चरणको दोस्रो खेल मंगलबार काठमाडौंसँग खेल्नेछ ।