सांकेतिक तस्विर

मकवानपुर– मकवानपुर प्रहरीले करीब २० वर्ष र १० वर्ष कैद तथा जरीवाना भुक्तान गर्न बाँकी दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सवारी ज्यान मुद्दा र लागूऔषध मुद्दामा दोषी ठहर भई तोकिएको कैद तथा जरिवानाको सजाय भुक्तान नगरी फरार रहेका दुईजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले सवारी ज्यान मुद्दामा उच्च अदालत पाटन, हेटौंडा इजलासको २०५८ साल जेठ ३२ गतेको फैसलाबाट ३ महिना कैद र दुई हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका हेटौंडा–१४ का ५९ वर्षीय कुल नरसिंह गोङवा तामाङ र जिल्ला अदालत मकवानपुरको २०६८ साल माघ ३० गतेको फैसलाबाट लागुऔषध गाँजा÷चरेस मुद्दामा ४ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका मनहरी गाउँपालिका–९ का ५१ वर्षीय दिनेश उप्रेतीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले तामाङलाई हेटौंडा–१५ बाट र उप्रेतीलाई मनहरी–९, ज्यामिरेबाट पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई अदालतमा उपस्थित गराई कैद तथा जरिवाना सजाय भुक्तानको प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।