मकवानपुर– नेपाल कम्युनिष्ट पाट्री (नेकपा) हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा ९ नम्बर वडा कमिटीको आयोजनामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले बर्तमान परिस्थिती र पाट्रीका कार्यकर्ताहरुको कार्यभार तथा पाट्री केन्द्रिय कमिटीले गरेका निर्णयहरुका बारेमा जानकारी दिनुभएको थियो । उहाँले समृद्धिमात्र समाजबाद होइन भन्दै पार्टीले जनतासँग घनिष्ट सम्बन्ध कायम गर्नुपर्ने बताउनुभयो । पार्टी बलियो भएमात्र राष्ट्र र राष्ट्रियता बलियो हुनेमा जोड दिँदै नेता न्यौपानेले अनुशासित पार्टी भएमात्र समाजवादको लक्ष्य हासिल गर्ने कुरामा जोड दिनुभयो । उहाँले नेकपाको बलीयो सरकार भएको अवस्थामा पाट्री कार्यकर्ताका हिसाबले देशको समृद्धि र विकास तथा सरकारलाई सहयोग गर्ने गरि कार्यकर्ताहरु लाग्न निर्देशन समेत दिनुभएको छ । जनताले चाहे अनुसारको प्रगतिशिल शासनको रुपान्तरणको कार्यभार कार्यकर्ताले बहन गर्नुपर्ने र जनतासंग नजिक भएर काम गर्न निर्देशन दिनुभयो ।
त्यस्तै प्रशिक्षण कार्यक्रमा पार्टी केन्द्रिय सदस्य रामेश्वर रानाले पाट्रीको राजनैतिक प्रतिवेदन सहित आर्थिक सामाजिक रुपान्तरण र पार्टी पद्धतिको बारेमा प्रशिक्षण दिनुभएको थियो । उहाँले जनताको जनवाद र तत्कालीनकार्यक्रमहरुका बारेमा जानकारी दिनुभयो । उहाँले लोकतन्त्र सहितको समाजवादका लागि सुखि नेपाली समृद्ध नेपाल निर्माणमा लाग्न निर्देशन दिनुभयो । उहाँले शुसासन सहितको समाज निर्माणमा लाग्न र जनताको सहजीकरण हुने गरि काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
पार्टी वडा कमिटी अध्यक्ष अध्यक्ष सुर्य बहादुर स्याङ्तानको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा संविधान सभा सदस्य एवम् पाट्री प्रदेश संगठन विभाग प्रमुख अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् नेकपा प्रदेश कमिटी सदस्य रघुनाथ खुलाल, पाट्री जिल्ला सचिवालय सदस्य तीलक अधिकारीलगायतकाे सहभागिता थियो ।