मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले लकडाउनको अवधिमा विभिन्न विकास निर्माण तथा उद्योगलगायत संचालनका लागि तयार पारिएको मार्गदर्शन बमोजिम कार्य नभएको प्रति ध्यानकर्षण जनाएको छ । आईतबार जिसस प्रमुख रघुनाथ खुलालले पत्राचार गर्दै स्थानीय तह एवम् उद्योग प्रतिष्ठानहरुलाई ध्यानाकर्षण गराउनुभएको हो ।
प्रमुख खुलालद्धारा हस्ताक्षरित पत्रमा स्थानीयतह समन्वय समिति वैठकले निर्णय गरे वमोजीम लकडाउनको अवधि भरि विभिन्न कार्य संचालनका लागि तयार गरिएको कार्य संचालन मार्गदर्शन २०७७ वमोजीम कार्य गर्न अनुरोध एवं सुझाव दिईएकोमा नभएको पाईएको जनाइएको छ । पत्रमा उद्योग संचालनमा उद्यागीले कामदार मजदुरहरुलाई सामाजीक, व्यक्तिगत दुरी कायम गर्नु पर्ने र सकेसम्म आवासको व्यवस्था गरेर कार्य संचालन गर्नु पर्ने तथा यस्ता कामदारको पिसिआर तथा आरडिटिी टेष्ट अनिवार्य गराउनु पर्ने र लेवर क्याम्पमा राखेर मात्र काममा लगाउनु पर्नेमा सो कार्य उद्योगी व्यवसायीहरुले वेवास्ता गरेको पाईएको जनाइएको छ ।
त्यस्तै स्थानीय स्तरमा कच्चा पदार्थ नपाईएको अवस्थामा अन्य जिल्लावाट ढुवानी गर्नु परेमा सके सम्म नेपाली मालवाहकमा पल्टी गरि ल्याउने र अनिवार्य डिस्ईन्फेक्टेड गरेर मात्र ढुवानी गर्नु पर्नेमा सो समेत गरिएको नपाईएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाईएको छ । साथै उद्योग संचालन गर्दा अन्य संक्रमित जिल्ला वा स्थानवाट प्राविधिक कामदार वा मजदुर ल्याउन नपाईने भन्ने निर्णयको कार्यान्वयन समेत नभएकोले त्यस्तो लापरवाही र वेवास्तावाट कोरोनाको संक्रमण फैलिने जोखिमलाई मध्ये नजर गर्दै तोकिएको मार्गदर्शन वमोजीम मात्र कार्य अगाडी वढाउन ध्यानाकर्षण गराईएको प्रमुख खुलालले बताउनुभयो ।