हेटौंडा –बागमती प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । आज स्थगित भएको बैठक भोलि आइतबार बिहान साढे ११ बजे बस्ने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभएको छ ।
प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध हुँदै आएको छ । यसअघि असार १९ र २१ गते बसेको प्रदेशसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा बागमती प्रदेश सरकारले ल्याएको गौरबको योजनामा रहेको भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न नहुने,विद्युतीय बस सञ्चालन गर्न नहुने तथा प्रदेश सरकार आफैले सञ्चारगृह स्थापना गर्न नहुने सहितका माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र तथा प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक अबरुद्ध गरेका थिए ।