मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले समुन्नत समाज निर्माणमा सामाजिक संघ संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने बताउनुभएको छ । आज जेसीआई बसामाडीको जेसीज सप्ताह २०२१ को समापन कार्यक्रमका अवसरमा प्रमुख अतिथि प्रमुख खुलालले समुन्नत र सभ्य समाज निर्माणमा सामाजिक संघ संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने बताउनुभएको हो ।

प्रमुख खुलालले समाजिक संघ संस्थाहरुले सचेतना अभिबृद्धि गर्ने, सामाजिक विकास र संतुलित एवम् सकारात्मक समाज निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने बताउनुभएकोे हो । जेसीआइ बसामाडिले पनि समुदायमा नेतृत्व विकाससंगै सकारात्मक सोचँको विकासमा भुमिका निर्वाह गरेको उहाँको भनाई थियो । उहाँले स्वयसेवी भावनाका साथ स्थापना भएका सबै संघ संस्थाहरुले सरकारको सहयोगिका रुपमा काम गर्ने र समाजलाई उन्नती र प्रगतीको मार्गमा ल्याउन सकारात्मक भएर लाग्नु पर्ने तथा समुन्नत समाज निर्माणमा लाग्नु पर्ने बताउनुभयो । जनताको क्षमता वृद्धिको पहिचान गरी कार्यक्रमहरू सञ्चालन गर्ने काममा सामाजिक संघ संस्थाहरूले ठूलो भूमिका निर्वाह गर्न सक्ने उहाँको भनाई थियो । उहाँले सबै संघ संस्थाहरुलाई समाज रुपान्तरणको प्रतिबद्धताका साथ लाग्न आग्रह समेत गर्नुभयो ।

जेसिआई बसामाडीको सप्ताहव्यापी कार्यक्रम (असार २० देखि २६) काे शनिबार सम्पन्न गरिएको हो । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन हेटौंडा–९ स्थित कुश्माण्ड सरोवर त्रिवेणीधाममा कोभिड सचेतना बोर्ड स्थापना तथा डष्टबिन हस्तान्तरण गरेर कार्यक्रम सम्पन्न गरिएको हो । जेसीआई बसामाडीका वर्ष २०२०÷२१ का अध्यक्ष गौतम केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति जिसस प्रमुख खुलालले कुष्माण्ड सरोवर त्रिवेणीधाम व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद न्यौपानेलाई डष्टविन, सचेतनाबोर्डलगायत सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा जेसीज बसामाडीले कुष्माण्ड सरोवरमा ४५ हजार बराबरको बत्ति पोल, डष्टविन ६ थान र सचेतना बोर्ड एक थान हस्तान्तरण गरिएकाे थियाे ।

जेसीआई बसामाडीले सप्ताह व्यापी कार्यक्रम अन्तरगत गत असार २० गते हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरमा सहयोग तथा दिप प्रज्वलन कार्यक्रम, २१ गते भीमफेदी स्थित बालमन्दिरमा बालिकासंग जेसीज कार्यक्रम, २२ गते हेटौंडा–२ स्थित हाम्रो घरमा जेसीजको सहयोगि हात कार्यक्रम, २३ गते हेटौंंडा–७ स्थित आशा स्कुलमा आशा स्कुलमा जेसीज युवा कार्यक्रम, २४ गते हेटौंडा–११ स्थित शंकर ज्योती आधारभुत विद्यालयमा पंखा हस्तान्तरण कार्यक्रम, २५ गते नेवारपानीमा सचेतनामुलक होडिङबोर्ड स्थापना र अन्तिम दिन आज हेटौंडा–९ स्थित कुश्माण्ड सरोवर त्रिवेणीधाममा कोभिड सचेतना बोर्ड स्थापना तथा डष्टबिन हस्तान्तरण गरिएको सप्ताहव्यापी कार्यक्रमका मूल कार्यक्रम संयोजक जनक शर्मा भण्डारीले जानकारी दिनुभयो । उहाँले जेसीआई बसामाडीको सप्ताहव्यापी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र सबैले साथ र सहयोग दिनुभएकोमा धन्यावाद ज्ञापन गर्नुभयो । समापन कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष सुनिल दाहाल, राजकुमार केसी, विर्ता जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य, हेटौंडा लेडि जेसीजका अध्यक्ष प्रतिमा श्रेष्ठ, बसामाडी जेसीजका मानार्थ सदस्य तुलसी रिजाललगायतको उपस्थिती थियो ।