हेटौंडा– नारी सीप र्सजना केन्द्रले नेपाललले समुदायमा आधारीत रहेर संचालन गरेको परियोजना प्रभावकारी देखिएको छ । संस्थाले आओ इन्टरनेश्नलको सहयोगमा हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा संचालन गरेको मानव बेचबिखन रोकथाम तथा सुरक्षित स्थानान्तरण प्रवद्र्धन तथा जिविकोपार्जन परियोजना प्रभावकारी देखिएको छ । बिहीबार परियोजना संचालित हेटौंडा–१६ र मनहरी गाउँपालिकामा भएको अनुगमन तथा छलफलका क्रममा परियोजनाले जीविकोपार्जनमा सहयोग पुगेको पाईएको छ ।
परियोजना आन्तरगत हेटौंडा–१६ र मनहरीमा भएको अनुगमनका क्रममा लाभग्राहीहरुले परियोजनाले व्यवसायिक तरकारी खेती तालिम र पशुपालन तालिम प्रदान गरेर सहयोग पुगेको बताएका छन् । बिहीबार मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला बिष्ट र हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोईराला तथा हेटौंडा १६, जरुन र मनहरी ३ कौगेडी दमारका लाभग्राही तरकारी खेती तथा कुखुरापालक कृषकहरुसँग छलफल गरेको थियो ।

कृषकहरुले संस्थाकै सहयोगमा तरकारी खेति र पशुपालनलाई व्यावसायीक रुपमा अगाडी वढाउँदै लगेका छन् । पहिले निर्वाहमुखी खेती गर्ने र एक दुईवटा मात्र पशुपालन गर्ने किसानहरुले अहिले तालिम लिएर व्यावसयाीक रुपमा काम गर्न थालेका छन् । अनुगमनका क्रममा संस्थाको सहयोगमा उक्त क्षेत्रका किसानहरु व्यावसायीकता तर्फ उन्मुख भएको देखिएको हो ।
सन् २०१९ जनवरीदेखी डिसेम्बरसम्म सञ्चालन हुने परियोजना हेटौंडा उपमहानगरपालिकाको १८ बाहेक १४ देखी १९ र मनहरी गाउँपालिकाको वडा नम्बर १ देखी ५ सम्मगरी १० वटा वडामा सञ्चालित रहेको छ । परियोजना अन्तरगत तरकारी खेती, कुखुरा तथा पशुपालन, विउविजन वितरण, मानव वेचबिखनसम्बन्धी सडक नाटक, शिक्षक अभिमुखीकरण तालिम, मनोसामाजिक परामर्श लगायतका क्रियाकलाप सञ्चालन भईरहेको कार्यकारी निर्देशक चिरञ्जीवि पौडेलले बताउनुभयो । उहाँका अनुसार २१ कृषकलाई कुखुरा र ९० कृषकलाई तरकारी खेतीका लागि सहयोग गरिएको छ । अनुगमन टोलीमा नारीसिप सृजना केन्द्रका अध्यक्ष सरस्वती वर्तौला, उपाध्यक्ष सीता अधिकारी, सचिव कल्पना बिश्वकर्मा, कोषाध्यक्ष रेणु गुरुङ, कार्यकारी निर्देशक चिरञ्जीवि पौडेल, फिल्ड संयोजक कविता बिडारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।