हेटौंडा–काठमाडौं छोटो मार्गको रुपमा रहेको कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्डमा ३ असोजबाट आवागमन बन्द हुने भएको छ । वर्षतमा गएको पहिरोको कारण सडक अवरुद्ध बनेकोले पहिरो पन्छ्याउन सवारी आवागमन पूर्ण रुपमा बन्द गर्न लागिएको हो । ११ असोजसम्म पहिरो हटाई सडक सफा गरिने कुलेखानी–फाखेल–हुमाने सडक मर्मत सम्भार उपाभोक्ता समितिले जनाएको छ । २ असोजमा एक सूचना जारी गर्दै सडक मर्मत सम्भार उपभोक्त समितिले असोज ११ गतेसम्म सवारी आवतजावतमा रोक लगाइने जनाएको हो ।