हेटाैंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस बर्षकाे होली पर्व घरमै बसेर मनाउन आग्रह गरेको छ । बिहीबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले एक विज्ञप्ति जारी गदैं छिमेकी देश भारत र नेपालमा पनि कोरोनाको दोस्रो लहर देखिएकोले कोरोना बढ्नसक्ने भन्दै यस बर्ष पनि होली घरमै मनाउन जिल्लाबासीलाई आग्रह गर्नुभएकाे हाे। साथै विज्ञप्तिमा भिडभाड नगर्न, मेला, महोत्सव जस्ता कार्य गर्न/नगराउन समेत अनुरोध गरिएको छ ।

FB_IMG_1616673897223-1616675105.jpg