मकवानपुर, माघ १९ ।  चितवनको मुग्लिनस्थित होटलहरूमा बालश्रममा लगाइएका ६ जना बालबालिकाको उद्दार गरिएको छ। मुग्लिन स्थित रामायण होटल मारवाडी शुद्ध साकाहारी भोजनालय एण्ड गेष्ट हाउस तथा दर्शन होटल एण्ड लज बाट ४ जना बालक र २ जना बालिकाको उद्दार गरिएको हो ।
उद्दार गरिएका बालबालिकाको उमेर ९ वर्षदेखि १६ वर्षसम्म रहेको छ । हाल उनीहरू सिविन बाल हेल्पलाइन हेटौंडाको संरक्षणमा रहेका छन् ।
बाल हेल्पलाइन मकवानपुर, श्रम तथा रोजगार कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनको संयुक्त टोलीले उनीहरूको उद्दार गरेको सिविन बाल हेल्पलाइन हेटौंडाका प्रबन्धक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।
उद्दार गरिएका बालबालिकालाई परिवारसम्म पु¥याउने प्रयास भइरहेको पनि उहाँले जानकारी दिनुभयो।