हेटौंडा – मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६५ जनामा पिसिआर र ३३६ जनामा एन्टीजेन परीक्षण गर्दा थप ५४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरि जिल्लामा आज थप १ सय ३ जनाले कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा हेटौंडाका ४६ जना,मनहरीका ३७ जना,थाहाका ११ जना,भीमफेदीका ५ जना,मकवानपुरगढीका ४ जनाले कोरोना जितेका हुन् । यो संगै मकवानपुरमा हालसम्म कोरोना जित्नेको संख्या ८ हजार १ सय ३ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको कार्यलयले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय १० जनाको मृत्यु भएको छ । जिल्लामा आजको दिनमा घरमा १४ सय ३६ जना र संस्थागत आइसोलेसनमा १ सय ६ जना उपचाररत रहेका छन् ।