काठमाडौं । नेकपा माओवादी केन्द्रले सातै प्रदेशका इन्चार्जहरू तोकेको छ । सोमबार बसेको पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरू तोकेको हो ।

प्रवक्ता अग्नि सापकोटाका अनुसार कोशीमा उपमहासचिव हरिबोल गजुरेल, मधेश प्रदेशमा उपमहासचिव मातृका यादव, बागमतीमा सचिव हितमान शाक्य, गण्डकीमा दिनानाथ शर्मा, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई इन्चार्ज तोकिएको हो ।

यस्तै, विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, यूरोप अमेरिका इन्चार्जमा राम कार्की र एसिया प्रदेशमा ओम शर्मालाई इन्चार्ज तोकिएको छ । यस्तै माओवादीले फागुन १२ गतेदेखि प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाबाट हुलाकी राजमार्ग केन्द्रीत अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।