मकवानपुर– हेटौंडामा शुक्रबार नातिको बन्चरो प्रहारबाट हजुरआमाको मृत्यु भएको छ । नातीको बञ्चरो प्रहारबाट हेटौंडा उपमहानगरपालिका–१७ दियालो दमारका ९० बर्षीया कान्छीमाया गुरूङको मृत्यु भएको हो ।
घरको आँगनमा बसिरहेको बेला गुरूङलाई आफ्नै नाति २२ बर्षीया आकाशले बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट घाइते गुरूङको उपचारको कममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । प्रहरीले बन्चरो प्रहार गर्ने नातिलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।