मकवानपुर– जिल्ला समन्वय समिति (जिस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारकालागि मकवानपुरगढी गाउँपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन केन्द्रको बुधबार अनुगमन गर्नुभएको छ । गाउँपािलकाले कोभिड–१९ स्थायी अस्पतालका रुपमा सञ्चालनमा ल्याएको आइसोलेसन केन्द्रको प्रमुख खुालले अवलोकन एवम् निरीक्षण गर्नुभएको हो ।

कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण दिनानुदिन बढ्दै गएको अवस्थामा जिल्लाका स्थानीय तहहरुको तयारीको अवस्थाको बारेमा जानकारी लिने उदेश्यका साथ प्रमुख खुलालले कोभिड–१९ स्थायी अस्पतालको अनुगमन गर्नुभएको हो । गाउँपालिकाले ५ शैयाको आइसोलेसन वार्ड तयारी गरिसकेको छ भने, थप १३ शैयाको तयारी अवस्थामा राखेको छ । आइसोलेसन वर्डमा एक जना डाक्टरससिहत ५ जना कर्मचारी परिचालन भएका छन् । हालसम्म आइसोलेसनका कोहि पनि बिरामी आएका छैनन् ।

सरकारले निर्धारण गरेको मापदण्डअनुसार तयार गरिएको उक्त आइसोलेसनमा गाउँपालिकाले घरमा आइसोलेट सम्भव नभएका कोरोना संक्रमितलाई राख्ने जनाएको छ । अक्सिजनसहितको सुविधा सम्पन्न आइसोलेसनलाई गाउँपािलकाले कोभिड अस्पताकै रुपमा सञ्चालन गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण दिनानुदिन बढ्दै गएको अवस्थामा जिल्लाका सबै स्थानीय तहहरुले आइसोलेसन तयारीे अवस्थामा राखेका छन् । जिल्लाका १० वटै स्थानीय तहमा २४७ वेडको आइसोलेसन तयारी भइरहेका छन् ।