मकवानपुर– हेटौंडा उपमहानगरपालिका–९ स्थित सिआन पुनस्र्थापना केन्द्रद्धारा सञ्चालित विद्युत जडान सम्बन्धी तालिम बुधबार सम्पन्न भएको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्रसंगको सहकार्यमा गत मंसिर २१ गतेबाट सञ्चालित ३९० घण्टे तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको हो ।

तालिमको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रमाणपत्र बितरण गरेर समापन गर्नुभएको हो । सो अवसरमा प्रमुख खुलालले प्राप्त तालिमलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । उहाँले कुलतमा फसेर केन्द्रसम्म आउनु परेको कुरालाई बिर्सिएर अब नयाँ सिराबाट जिवन सुरु गर्न समेत प्रशिक्षार्थीहरुलाई सmुाव दिनुभयो । यस्तै उहाँले कोरोना माहामारीबाच बच्न र अरुलाई बचाउने कार्यमा सचेतन फैलाउने र स्वास्थय सुरक्षाका मापदण्डहरु पालना गर्ने÷गराउने कार्यमा समेत योगदान पु¥याउन आग्रह गर्नुभयो ।

सिआन पुनस्र्थापना केन्द्रले व्यवसायिक तथा सीप विकास तालिम केन्द्रसंगको सहकार्यमा केन्द्रमा रहेका ३० जनालाई ३९० घण्टे तालिम प्रदान गरेको छ । केन्द्रबाट जाँदा केहि सीप सिकुन तथा समुदायमा स्थापित हुन सकुन भन्ने उदेश्यका साथ तालिम प्रदान गरिएको केन्द्रका संचालक सौजन डिसीले जानकारी दिनुभयो ।