हेटौंडा–मकवानपुर जिल्लामा बुधबार (आज) थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित भएकाहरु मध्ये अधिकांश हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रका रहेका छन् । आज एक सय ३९ जनाको स्वाब परिक्षण गरिएको मध्ये ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । कोरोना संक्रमित हुनेहरुमा महिना २१ जना र पुरुष ३९ जना रहेका छन् ।