फाइल फाेटाे

हेटौंडा – मकवानपुरको मालपोत र नापी कार्यालयमा भोली बिहिबार देखी आन्तरिक बाहेकका सेवा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरमा आज बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कार्यलयमा सेवाग्राहीहरुको अत्याधिक भिड हुने भएकोले बिहिबार देखी आन्तरिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेकोे हो । बैठकले जिल्लामा कोरोना संक्रमण बढिरहेकोले मालपोत र नापी कार्यालयमा अत्याधिक भिडभाड हुने भएको कारण संक्रमण बढ्न सक्ने भन्दै कार्यलयको आन्तरिक कार्य बाहेकका अन्य सबै प्रकारको सेवाहरु बिहिबारदेखि अर्को निर्णय नभएसम्मको लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

No photo description available.