मकवानपुर– मकवानपुरमा मंगलबार थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८१ जनाको परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार जिल्लामा ७० जनाको पिसिआर र ११ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । मकवानपुरमा आजको परीक्षण रिपोर्टको आधारमा ४७ प्रतिशत संक्रमण दर देखिएको छ। आज सबैभन्दा बढी हेटौंडा ४ का १३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यस्तै मकवानपुरगढी गाउँपालिकाका एक जना र बारा जिल्ला घर भई मकवानपुरमा बस्दै आएका ३ जनामा कोभिड देखिएको हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
