मकवानपुर– नेपाल कम्युनिष्ट पार्टी एमाले मकवानपुरले जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्टको संक्रमण बढ्दै गएको सन्दर्भमा यसको रोकथाम तथा नियन्त्रणका लागि सकृयता बढाएको छ । मंगलबार एमाले हेटौंडा उपमहानगरपालिका सचिवालय कमिटी र पार्टी वडाअध्यक्ष तथा सचिवहरुको संयुक्त बैठक बसी कोरोना रोकथाम तथा नियन्त्रणमा सकृय भएर लाग्ने निर्णय गरेको हो ।
बैठकले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा लाग्ने निर्णय गरेको हो । सोमबार मात्र प्रधानमन्त्री ओलीले पार्टीका सबै तहका कार्यकर्ताहरूलाई कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा लाग्न निर्देशन दिनुभएको थियो । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कोभिड संक्रमण दिनानुदिन बढ्दै गएकाले कोरोना रोकथाम तथा नियन्त्रणमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । पार्टी अध्यक्षकै निर्देशन अनुसार मकवानपुरमा एमाले हेटौंडा उपमहाानगरपालिका कमिटीले सकृयाता बढाउने भएको हो ।
एमाले हेटौंडा नगर कमिटी अध्यक्ष शालिकराम पुडासैनीको साध्यक्षता एवम् एमाले केन्द्रिय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो । बैठकमा केन्द्रिय सदस्य रानाले कोरोना रोकथाम तथा नियन्त्रणमा सकृय भएर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । बैठकमा एमाले प्रदेश कमिटी सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले आम कार्यकर्तालाई सचेतना जगाउने तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न गराउन निर्देशन दिनुयो । बैठकमा जिल्ला कमिटी सचिव लालबहादुर थापालगायत जिल्ला कमिटी सदस्यहरु गोपालबहादुर श्रेष्ठ, नविन सिग्देललगायतको उपस्थित् िथियो ।