हेटौंडा । नेपाल आइडलको पाँचौ सिजनको हेटौंडा अडिसन कृष्ण आदर्श ईङसलिस बोर्डिङ स्कुलमा हुने भएको छ । २१ पुसदेखि झापाबाट सुरु हुने सिजन ५ को अडिसन हेटौंडामा माघको २ गते हुने भएको हो ।
माघ २ गते बागमती प्रदेशको राजधानी हेटौंडा–९, स्थित कृष्ण आदर्श ईङसलिस बोर्डिङ स्कुलमा अडिसन कार्यक्रम आयोजना हुने छ । नेपाल आइडल सिजन ५ मा न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटाले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । नेपाल आइडल गायकको खोजी गर्ने उपयुक्त प्लेट फर्म हो । नेपाल आइडल सिजन १ देखि ४ सम्मका विजेता क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं र भूपेन्द्र थापा मगर हुन् ।