हेटौंडा । सर्वोच्च अदालतले पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा बजार क्षेत्र भित्र पर्ने २५ मिटर सडक विस्तारका विरुद्ध परेको रिट खारेज गरेको छ । मङ्गलवार न्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश सुनिलकुमार पोखरेलको संयुक्त इजलासले हेटौँडा बजार क्षेत्र भित्र पर्ने २५ मिटर सडक विस्तार विरुद्ध परेको रिट खारेज गर्ने निर्णय गरेको हो ।
न्ययाधीशद्वय सुवेदी र पोखरेलको संयुक्त इजलासले गत असार ३१ गतेदेखि साउन २४ सम्ममा दर्ता भएका हेटौँडा बजार क्षेत्र अन्तर्गत गर्ने राजमार्गको सडक विस्तार विरुद्धका रिट निवेदन खारेज गर्ने निर्णय गरेको हो । हेटौंडाका घरधनीहरुले मुआब्जा र क्षतिपूर्तिसहित सडक विस्तार गर्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको हो ।