हेटौंडा – नेकपा एमाले मकवानपुरको राक्सिराङ गाउँपालिका कमिटीको अध्यक्षमा रोहन लामा सर्वसम्मत चयन भएका छन् । बिहिबार राक्सिराङ–३ को पलासेमा भएको पालिका अधिवेशनले लामाको नेतृत्वमा ७५ सदस्यीय पालिका कमिटी निमार्ण भएको एमाले राक्सिराङ(३ का वडा कमिटीका अध्यक्ष थापा बहादुर दोङले जानकारी दिए । दोङका अनुसार कमिटीको उपाध्यक्षमा रंजिता घलान,सचिवमा दिनेश चेपाङ,उपसचिवहरुमा सञ्च बहादुर चेपाङ र दिनेश वाईवा चयन भएका छन् ।