हेटौंडा । नेकपा एमाले थाहा नगर कमिटीको अध्यक्षमा अच्युत्तम प्रसाद ढकाल सर्वसम्मत चयन भएका छन् । शनिबार राति अवेर सम्पन्न अधिवेशनले ढकालको नेतृत्तवमा ७५ सदस्सीय पालिका कमिटी गठन भएको छ । अध्यक्ष पदका प्रत्यासी सुरेन्द्रमान प्रधान र गुप्त बहादुर कार्कीले उम्मेदवारी फिर्ता लिए पछि ढकाल निर्विरोध चयन भएका हुन् ।
प्रधानले आफ्नो मन्तव्य राख्दै सबै दलहरुले घेराबन्दीमा पारिरहेको अवस्थामा पार्टीभित्र चुनाव गर्नु अर्को संकट हुने भन्दै पार्टीलाई एक ढिक्का बनाउन आफूले उम्मेदवारी फिर्ता लिएको बताए । उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेकोमा दुई जनाले फिर्ता लिदै हेम थिङ निर्विरोध चयन भएका छन् । सचिवमा कुमार नेगी चयन भएका छन् । नेगी एक्लैको उम्मेदवारी परेको थियो । दुई उपसचिवमा सात जनाको उम्मेदवारी परेकोमा सुजन रायमाझी र उत्तम लामिछाने निर्विरोध चयन भएका छन् ।