विश्व हिन्दु युवा सङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गरेका छन् । सङ्घका अध्यक्ष ऋषिकेश जङ्ग शाहले एक विज्ञप्ति निकाल्दै मन्त्रीबाट मात्रै नभई सांसद पदबाट समेत हटाउनुपर्ने माग गरेका हुन् ।
मन्त्री किराँतीको धर्म र संविधान सम्बन्धित अभिव्यक्ति स्तरहीन र खेदजनक भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, क्रिस्चियनलाई मान्दिन भत्रेहरु देशद्रोही हुन्, तिनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो । सुदन किराँतीको यो अभिव्यक्त संविधानको धारा १७, १८, २४, २६, ३२ लगायतको विरुद्ध छ यस्तालाई मन्त्री मात्र होइन, सांसद पदबाटै च्युत गरिनुपर्छ ।
विमानस्थलमा करोडौँको घोटाला, ध्वजावाहक विमानमा भ्रष्टाचारमा नबोल्नै, अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयमा सुन लुकाउने दराजका विषयमा मौन बस्ने ३१ जनालाई छाडेर ध्वजावाहक उड्दा झुटो वक्तव्यवाजी गर्ने, जानकी मन्दिरको टायल र बत्तीमा भ्रष्टाचार बारे नबोल्ने गुठीको सम्पत्ति सबै मिलेर लुटेको धन्दा चलाउँदा मौन बस्नेतलगायतका उनका गतिविधि जनताले हेरिरहेका उल्लेख छ ।
