सांकेतिक तस्विर

मकवानपुर– मकवानपुरमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण हेटौँडा उपमहानगरपालिका–४, कर्राका ७४ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा उपचाररत वृद्धको आज बिहान मृत्यु भएको हो । पछिल्लो समय कोरोनाको दोस्रो लहर सुरु भएपछि मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पहिलो हो । उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको जनाइएको छ । यो सँगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३३ जना पुगेको छ ।
मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको सङ्ख्या ३ हजार ९ सय ४८ रहेको छ । जिल्लामा हालसम्म कोरोना निको हुनेको सङ्ख्या ३ हजार ८ सय ६७ रहेको छ । जिल्लामा आजको दिनमा ४८ जना सक्रिय संक्रमित होम आइसोलेसन ९घरमै० उपचाररत रहेका छन् । मकवानपुरमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ । सोमबार २१ जना र मङ्गलवार थप १३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।