file photo

मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा यहि बैशख ९ गते देखि हुने भनिएको जिल्ला स्तरीय प्रथम अन्तरपालिका फुटबल प्रतियोगिता स्थगन भएको छ । जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेलद्धारा आज एक सुचना जारी गर्दै प्रतियोगिता स्थगन भएको जनाईएको छ ।
हेटौंडा–१० को फरेष्टीको खेलमैदानमा हुने भनिएको प्रतियोगिता अर्को सुचना नभएसम्मका लागि स्थगन गरिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभयो । पछिल्लो समय मकवानपुर जिल्लामा समेत दोस्रो चरणको कोभिड–१९ को संक्रमण बढ्दै गएको साथै नेपाल सरकार मन्त्रिपरिषदले महामारी नियन्त्रणकालागि जारी गरेको मापदण्डको परिपालना गर्नुपर्ने हुँदा प्रतियोगिता अन्तिम अवस्थामा स्थगन गर्नुपरेको प्रमुख खुलालले जानकारी दिनुभयो । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भईसकेको अवस्थामा अब अवस्था सामान्य भएपछि पुन संचालन हुने उहाँले बताउनुभयो ।